मानव अधिकार आयोगको टोली र जबराबीच छलफल

मानव अधिकार आयोगको टोली र जबराबीच छलफल

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १५:५१ बजे
जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पछिल्लो अवस्था बुझ्न  राष्ट्रिय मानव अधिकार आयोग टोली बालुवाटारस्थित उनको निवासमा पुगेको छ। प्रहरी प्रशासनले आफूलाई घेरेर राखेको र बाहिर निस्कन नदिएको भनेपछि मानव अधिकार आयोगको टोली उनको निवास  पुगेको हो ।  

टोलीले जबरासँग छलफल गरेको छ। जबरासँग छलफल गरेर मानव अधिकार आयोगको टोली फर्किसकेको छ। संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बित भएका थिए।

जबराले आइतबार अदालत फर्किने भनेपछि नेपाल बारले उनलाई अदालत प्रवेश गर्न नदिने निर्णय गरेको थियो। प्रहरी प्रशासन समेत उनको सरकारी निवासबाट  बाहिर निस्कन दिएको छैन।प्रहरीले प्रधानन्यायाधीश निवास वरपर बाक्लोरुपमा प्रहरी परिचालन गरेको छ।

२०७९ असोज २ १५:५१ बजे

प्रतिक्रिया