फेसबुकमा चिनजान, चितवनमा भेट, पोखरा लगेर बलात्कार

फेसबुकमा चिनजान, चितवनमा भेट, पोखरा लगेर बलात्कार v

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १५:४६ बजे
बलात्कार

काठमाडौं । फेसबुकबाट भएको चिनजान आधारमा बलात्कारसम्मको  घटना घटेको छ ।  । युवतीलाई फेसबुकमार्फत चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट घर भइ राजधानीमा व्यवसाय गर्दै आएका मधुसुदन पाण्डेलाई पक्राउ गरेको हो ।

फेसबुकबाट बाक्लो कुराकानी हुन थालेपछि मधुसूदनले इटहरीकी युवतीलाई भेट्न बोलाए । सहमतिअनुसार एक्लै युवती चितवन आइन् । यस्तै अरु तीन जना साथीसहित काठमाडौंबाट चितवन पुगेका मधुसूदनले युवतीलाई घुम्ने बहानामा असार २२ गते त्यहीँबाट पोखरा  र  त्यहि लात्कार  गरेको   प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा लगेपछि चारै जना पोखरास्थित सहारा होटलमा बास बसे । सो क्रममा मधुसुदन र अर्का एक जनाले उनलाई बलात्कार गरेको  प्रहरीले जनाएको छ ।   घटनापछि युवतीले काठमाडौं आएर प्रहरी वृत्त मालीगाउँमा आफू बलात्कृत भएको उजुरी दिएकी  प्रहरलिे जनाएको छ । उजुरी लगत्तै प्रहरीले पाण्डेलाई राजधानीको बालाजुबाट असार २५ गते पक्राउ  समेत गरेको छ । 

पक्राउपछि उनलाई कारबाही प्रक्रियाका लागि पोखरा लगेर अनुसन्धान भइरहेको छ।  अभियुक्तमाथि बलात्कार मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी  सुन्दर तिवारीले जनाएका छन् ।   यस्तै बलात्कारमा संलग्न भनिएका अर्का एक जनासहित पाण्डेसँग गएका ४ जना फरार रहेका छन् ।  फरार रहेकोहरुको खोजिकार्य  भइरहको छ । 

२०७९ साउन ६ १५:४६ बजे

प्रतिक्रिया