कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान राखौं : गणेशकुमार पहाडी

कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान राखौं : गणेशकुमार पहाडी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १५:२९ बजे

काठमाडौं ।   नेकपा एमाले सांसद गणेशकुमार पहाडीले वैवाहिक अंगिकृतलाई नेपाली नागरिकता दिने सम्बन्धमा सरकारले ल्याएको नागरिकता विधेयक संविधान अनुसार नभएको  बताएका छन्   ।  

आजको   प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन २०६३ पहिलो संशोधन विधेयक प्रस्तावमाथि संशोधन प्रस्ताव पेश गर्दै नागरिकता दिने प्रक्रिया सहज नभएको भन्दै कानुन बनाउँदा विधायिकाले म र मेरो परिवार वा जातिलाई फाइदा हुनेगरी  बनाउन नहुने  उनको भनाई रहेको छ ।  

 उनले भने ,  कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ ।   अमेरिका, माल्दिभ्सको समेत उदाहरण दिँदै वैवाहिक अंगिकृतका सवालमा सात वर्षे प्रावधान राख्नु उपयुक्त   देखिने  उनको धारणा रहेको छ ।  

२०७९ साउन ६ १५:२९ बजे

प्रतिक्रिया