पत्रकार प्रलोभन र दबाबमा नपर्न प्रधामन्त्री देउवाको आग्रह

पत्रकार प्रलोभन र दबाबमा नपर्न प्रधामन्त्री देउवाको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १४:२६ बजे
प्रधामन्त्री देउवा

काटमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण  भएको औल्याउनु  भएको छ । प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले कसैको प्रलोभन, भय र दबाबमा नआइ निष्पक्ष ढङ्गबाट पत्रकारिता गर्न पनि आग्रह गर्नुभयो । 

आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताउनुभयो । प्रमाणमा आधारित सत्य–तथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यकता रहेको उहाँको भनाइ  रहेको छ ।

देउवाले भन्नुभयो, ‘प्रविधिको विकासले सूचनालाई सहज, छिटो र छरितो बनाउने काम गरेको छ, अर्कोतिर मिथ्या सूचनाहरू फैलिनसक्ने चुनौती पनि त्यत्तिकै छ । पत्रकारिता क्षेत्र हिजोभन्दा आज झन् संवेदनशील, उत्तरदायी हुन आवश्यक छ । पत्रकारिताको संस्थागत विकास आजको आवश्यकता हो । स्वच्छ पत्रकारिताको प्रवर्द्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ ।’

२०७९ साउन ६ १४:२६ बजे

प्रतिक्रिया