काठमाडौं क्षेत्र न ८ प्रदेश खं बाट रबिन सिंह बस्नेतको उम्मेदवारी पक्का पक्की

काठमाडौं क्षेत्र न ८ प्रदेश खं बाट रबिन सिंह बस्नेतको उम्मेदवारी पक्का पक्की

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १७:२० बजे

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा थुप्रे्रै निर्वाचन क्षेत्रबाट धेरैको नाम सिफारिस भएको छ । कतिपय ठाउँमा एकल नाम सिफारिस गरिएको छ भने कतिपय ठाउँमा धेरै जनाको नाम सिफारिस भएको छन् । त्यस्तै काठमाडौं क्षेत्र न ८ प्रदेश खं बाट रबिन सिंह  बस्नेतले उम्मेदवारी दिने पक्का पक्की भएको छ ।

नेपाल विद्यार्थी संघ प्र क कमिटी बाट राजनीति जीवन सुरुवात गरेका बस्नेत सितापाइलामा चिर परिचित नाम र समाजसेवी अनि मानव अधिकार कर्मीले निकै ख्याति कमाएका छन् । सीतापाइला तरुण दलका संस्थापक सभापति रहेका बस्नेत २०६२ ,६३ सालको आन्दोलनमा कंलकी सितापाइलामा नेतृत्व गरेको थिए । बस्नेत विभिन्न सामाजिक सेवाका कार्यहरू पनि गर्दै आएका छन् । उनको पहलमा उनको वडामा नेपाली काङ्ग्रेस तेब्बर मतले समेत जितेको आधार पनि उनी नेपाली कांग्रेसका बलिया दाबेदार हुन् । मेयर दाबी गरेको बस्नेतले आफू प्रदेश सभामा भिजन लिएर जनता काम  गर्ने बताएका छन् ।

महानगरको १५ न वडा नागार्जुनको ४ र ५ नम्बर वडा प्रदेश पर्न सोहि क्षेत्रमा बस्नेतले विश्व  पर्यटन महत्त्वपूर्ण बोकेको स्वयम्भु  क्षेत्रमा विकास गर्न धेरै पर्यटन भित्राउने युवा रोजगारी सिर्जना  गर्ने , पार्किङको  व्यस्था फोहोर मैला र निशुल्क खानेपानी व्यस्तता गर्न उनको प्रमुख योजना रहेका छन् ।  बस्नेत नेपाली काङ्ग्रेस डा प्रकाश शरण महत खास मानिन्छ र टिकट पाउने बलियो सम्भावना छ त्यसैले सोही क्षेत्रमा नेपाली काङ्ग्रेस यसै बलियो छ गठबन्धन भए सहज जै जित्न देखिन्छ । 

२०७९ भदौ २७ १७:२० बजे

प्रतिक्रिया