ओलीलाई जनकपुरमा २०५ किलोको माला

ओलीलाई जनकपुरमा २०५ किलोको माला

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १६:४० बजे
केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा २०५ किलोको मालाले स्वागत गरिएको छ । चुनावी प्रचारप्रसारमा  रहेका ओलीलाई २०५ केजीको मालाले स्वागतगरिएको हो । 

एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो ।

कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका झण्डै ६ हजारलाई ओलीले स्वागत गरेको एमाले नेताहरूले दाबी गरेका छन् । अध्यक्ष ओलीले सहभागि हुने कार्यक्रममा  माला मात्रै हैन्  मानिसहरुको उपस्थितीपनि निकै रहने गरेको छ ।  

२०७९ भदौ २७ १६:४० बजे

प्रतिक्रिया