जेलबाट छुटेको १ महिनामा काकाको हत्या !

जेलबाट छुटेको १ महिनामा काकाको हत्या !

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १३:१५ बजे
हत्या

 काठमाडौं । महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन् ।  प्रहरीका अनुसार पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई   पक्राउ  गरेका हो ।  

 पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटोको बगैँचामा भएको हत्यामा रामनाथको घरको कोदालो प्रयोग भएको प्रहरीको अनुसन्धानबाट  खुल्न आएको हो । हत्यामा प्रयोग भएको कोदाले प्रहरीले बरामद गरेको छ ।  

बिहीबार दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले हत्या गरेको अनुसन्धानबाट थाहा भएको  एसपी कृष्ण पंगेनीले  जनाएका छन् ।   रामनाथ यसअघि कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केका  पंगेनीले जनाएका छन् ।  

२०७९ साउन ६ १३:१५ बजे

प्रतिक्रिया