कर्णालीको बजेट संशोधनसहित आज पारित गरिदै

कर्णालीको बजेट संशोधनसहित आज पारित गरिदै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २७ ०८:१२ बजे
कर्णाली

 काठमाडौं । । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट आज पारित  गर्ने  भएको छ ।

असार १ गते प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज पारित हुने भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच चार बुँदे सहमति  अनुसार ६ अर्ब बराबरको बजेट संशोधनसहित आज पारित गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले  बताउनुभएको छ ।

आज मुख्यमन्त्री कार्यालय, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका विषयगत वार्षिक कार्यक्रममाथि छलफल  गरिने उहाँले बताए । 'त्यसअघि अर्थमन्त्री, सामाजिक विकास मन्त्री र कृषि मन्त्रीले आफ्ना विषयगत कार्यक्रममाथि सांसदहरुले जवाफ दिने कार्यक्रम तय भएको छ ।’ उहाँले भन्नुभयो , ‘त्यसपछि बजेटमाथिका बारो मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिइसकेपछि बजेट पारितका लागि सभामुख राजबहादुर शाहीले निर्णयार्थ पेश गर्नुहुने कार्यसूची रहेको छ ।’

२०७९ असार २७ ०८:१२ बजे

प्रतिक्रिया