नाम : 'पुनर्जागरण परिवर्तन पार्टी', चुनाव चिन्ह ‘वाईफाई’

नाम : 'पुनर्जागरण परिवर्तन पार्टी', चुनाव चिन्ह ‘वाईफाई’

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १३:०५ बजे
‘वाईफाई’

 काठमाडौं ।  निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ ।  पार्टीको कार्यालय काठमाडौंको केएल टावरको पाँचौ तलामा राखिएको छ ।

आवश्यक निवेदन, कागजपत्रसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएको र सनाखत भएको महासचिव रविकिरण हमालले  बताएका छन्  । श्यामबाबु गौतम अध्यक्ष रहेको सो दलमा २१ जना केन्द्रीय सदस्य रहेका छन् ।

पार्टीको चुनाव चिन्ह भने ‘वाईफाई’ को संकेत राखिएको छ ।  ज्ञान, विज्ञान र विचारको उच्चतम प्रयोग गरेर विकास गर्दै मानव सभ्यतालाई सर्वोत्कृष्ट बनाउने पार्टीको उद्धेश्य रहेको हमालले  बताएका  छन् ।


२०७९ साउन ६ १३:०५ बजे

प्रतिक्रिया