साफ महिला च्याम्पियनसिप : श्रीलंका र नेपाल भिड्दै

साफ महिला च्याम्पियनसिप : श्रीलंका र भिड्दै नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १२:११ बजे
साफ महिला च्याम्पियनसिप

 काठमाडौं । साफ महिला च्यापियनसिपमा  आज नेपाल र श्रीलंका भिड्ने भएका छन् ।   खेल काठमाडौँको दशरथ रंगशालामा नेपाली समयअनुसार बेलुका साढे ५ बजे सुरु हुने  भएको छ । 

समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेका छ। नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । 

दुई खेल खेलिसकेको भुटान भने एकमा जित र एकमा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ।भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो।नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ।

२०७९ भदौ २७ १२:११ बजे

प्रतिक्रिया