नेपाली फूटबल को प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

नेपाली फूटबल को प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १६:४७ बजे
अलमुताइरी

राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गरेका छन्।

 काठमाडौं । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले मुख्य प्रशिक्षक पद छोडेको घोषणा गरेका हुन्। उनले भनेका छन्, “नेपाली राष्ट्रिय फूटबल टोलीको प्रशिक्षक छाडेको घोषणा गर्दछु।”

उनी डेढ वर्षअघि नेपाल राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। अखिल नेपाल फूटबल संघ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि प्रशिक्षक छोड्ने घोषणा गरेका थिए।

२०७९ भदौ २६ १६:४७ बजे

प्रतिक्रिया