ला-लिगा अन्तर्गत आज ३ खेल हुँदै

ला-लिगा अन्तर्गत आज ३ खेल हुँदै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १६:०६ बजे

काठमाडौं। ला-लिगा अन्तर्गत आज  आइतबार ३ खेल हुने भएको छन् । पहिलो खेलमा घरेलु टोली र मल्लोर्का आमने सामने हुनेछन् । म्याड्रिड र मल्लोर्का बेलुकी पौने ६ बजे आमने९सामने हुनेछन् । खेल रियल म्याड्रिडको गृह मैदानमा हुन लागेको हो । 

लगातार ४ जित निकालेको म्याड्रिड १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मल्लोर्का भने ५ अंकसहित १३ औँ स्थानमा छ । अर्को खेलमा एल्चे र एथलेटिक बिलिबाओ राति ८ बजे भिड्दैछन् । एल्चेको गृह मैदानमा हुने खेलमा घरेलु टोली पहिलो जितको खोजीमा छन् ।

एल्चे १ अंकसहित तालिकाको १८ औँ स्थानमा रहेको छ । ७ अंक जोडेको एथलेटिक भने सातौँ स्थानमा रहेको छ । अर्को खेलमा भने गेताफे र रियल सोसिडाड राति सवा १० बजे भिड्दैछन् । गेताफे पहिलो जितको खोजीमा रहेको छ । सोसिडाड भने तेस्रो जितको खोजीमा छ । १ अंक जोडेको गेताफे १९ औँ स्थानमा छ । ७ अंक जोडेको सोसिडाड भने तेस्रो जित निकाल्न चाहन्छ । 

२०७९ भदौ २६ १६:०६ बजे

प्रतिक्रिया