कञ्चनपुरमा नदीमा बगेर एक जनाको मृत्यु

कञ्चनपुरम नदीमा बगेर एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २५ १२:१८ बजे
मृत्यु

काठमाडौं । कञ्चनपुरमा नदिमा डुबेर एक जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो । शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

जोगबुडा नदीमा बाढीसंगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका र उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ । 

२०७९ भदौ २५ १२:१८ बजे

प्रतिक्रिया