नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २५ १२:११ बजे
पक्राउ

काठमाडौंं । काभ्रेममा नक्कली नोटसहित एकजनालाई पक्राउ गरीएको छ । नक्कली  नोट सहित जिल्ला प्रहरी कार्यालय काभ्रेले उनलाई  पक्राउ गरेको  हो ।  प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ का अन्दाजी ३० वर्षीय नारायण पाख्रिन नक्कली नोटर नौ हजारसहित पक्राउ गरीएको हो । 

 बिहिबार काभ्रेको रोशी गाउँपालिका–७ बडारेगाउँमा एक व्यक्ति नक्कली नोट बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनी पक्राउ गरीएको हो ।  ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पाख्रिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताएका छन् । 

पक्राउ परेका पाख्रिनलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२०७९ भदौ २५ १२:११ बजे

प्रतिक्रिया