साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भारत जाँदै

साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भारत जाँदै

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १२:४७ बजे
साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप

काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी  हुनका  लागि नेपाली युवा टोलीलाई  आज  बिदाई  गरीएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै  नेपाली टोलीको बिदाइ गरिएको हो ।


भारतको भुवनेश्वरमा हुने साफ यु–२० टोलीलाई एन्फाले बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित केही एन्फा पदाधिकारी बिदाइ गरेका हुन् ।

एक साता हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली दिउँसो भारत प्रस्थान गर्ने  समय तालिका रहेको छ ।  च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् ।

च्याम्पियनसिपका लागि  नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका छन् ।

२०७९ साउन ६ १२:४७ बजे

प्रतिक्रिया