महारानी एलिजावेथ द्वितीयको निधनको कारण यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

महारानी एलिजावेथ द्वितीयको निधनको कारण यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १७:०४ बजे
प्रिमियर लिग

काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो साताका सबै खेलहर स्थगित भएको छ । प्रिमियर लिगले विज्ञप्तीमार्फत बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण सबै  खेल स्थगित गरिएको जनाएको छ । 

प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ ।बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनसँगै इंग्ल्यान्डमा विभिन्न खेलकुद कार्यक्रमहरु स्थगित गरिएको छ ।

२०७९ भदौ २४ १७:०४ बजे

प्रतिक्रिया