राष्ट्रियता दिनप्रतिदिन जोखिममा पर्दै गएको अध्यक्ष लिङदेनको ठहर

राष्ट्रियता दिनप्रतिदिन जोखिममा पर्दै गएको अध्यक्ष लिङदेनको ठहर

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १०:५४ बजे
राजेन्द्र लिङदेन

 काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको राष्ट्रियता दिनप्रतिदिन जोखिममा पर्दै गएको  बताउनुभएको छ । बिहीवारदेखि शुरू भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको उल्लेख गरिएको छ ।

सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ, विदेशी प्रभाव र चलखेल दिनानुदिन बढ्दो रहेको छ प्रतिवेदनमा भनिएको छ ।   लिङदेनले प्रमुख राजनीतिक दलहरू विदेशी सामु लम्पार परेकाले विदेशी हस्तक्षेप बढेको आरोप समेत लगाएका छन् ।

प्रतिवेदनमा भनिएको छ,‘विदेशीहरू सामुन्ने प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेलमैदान बनेको छ। असन्तुलित परराष्ट्र नीतिले देशको अखण्डता र स्वतन्त्रताको संरक्षण गर्नुको सट्टा असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । समष्टिमा अस्थिरताको वातावरण सिर्जना गर्दै राष्ट्रिय अखण्डता र अस्तित्वलाई कमजोर बनाएको छ ।’ 

नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिष्पर्धा गर्ने थलो बनेको  लिङदेनको भनाई रहेको छ  । 


२०७९ साउन ६ १०:५४ बजे

प्रतिक्रिया