सन्दीपमाथि आईसीसीको चासो

सन्दीपमाथि आईसीसीको चासो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १५:४७ बजे
आईसीसी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ ।

नेपाली क्रिकेट टिम केन्या भ्रमणमा जानु अघिल्लो रात ५ भदौमा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।

क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लका अनुसार यो जाहेरीबारे सन्दीपसँग कुराकानी भएको थियो । उनले जाहेरी परेको थाहा पाएको, तर आफुले त्यस्तो नगरेको बताएका जनाएका छन् । 

सन्दीपले आफु  सीपीएल (क्यारेबियन प्रिमियर लिग) भ्याएरै फर्किने बताएका छन् । उनका अनुसार नेपालमा लागेको अभियोगबारे सीपीएल टिमले पनि जानकारी पाएको छ र, खेलका लागि अप्ठ्यारो नपर्ने बताएको छ ।

तर आईसीसीले भने सन्दीपविरुद्ध परेको जाहेरीबारे चासो राखेको छ । ‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव मल्लले भने, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’

उनका अनुसार क्रिकेट संघ खेलाडीहरुको अभिभावक भएकाले सन्दीपको मागअनुसार कानुन व्यवसायी खोज्न सहजीकरण गर्नेछ । अपराध गरेको छ भने ढाकछोप र बचाउ नगर्ने क्यानको अडान रहेको भन्दै सचिव मल्लले भने, ‘अपराधी नै हो भने पनि कानुनी उपचार उसको अधिकार हो । क्यान अभिभावक भएकाले लयर खोज्न सहजीकरण गरिदिन्छ ।’ यता नेपालमा सामाजीक सञ्जालमा भने प्रहरी र मिडीयाले सन्दीपको पनि नाम सार्वजनिक गरी  मान हानि गरेको प्रश्न गरेका छन् । 

२०७९ भदौ २३ १५:४७ बजे

प्रतिक्रिया