नेप्से सामान्य अंकले ओरालो लाग्दा कारोबार रकममा सुधार

नेप्से सामान्य अंकले ओरालो लाग्दा कारोबार रकममा सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १५:३६ बजे
सेयर बजार

काठमाडौं । निरन्तर ओरालो यात्रामा रहेको नेप्से साताको पाँचौ कारोबार दिन बिहीबार आज पनि मसामान्य अंकले ओरालो लागेको छ ।  सेयर बजार परिसुच नेप्से आज  २.२३ अंकले ओरालो लागेको  हो । नेप्से आज सामानय अंकले ओरालो लागेसँगै  १९३७.७४ विन्दुमा पुगेको छ ।

नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ ।  बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट  आएको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकममा भने आज सामान्य सुधार भएको छ । बुधबार ८२ अर्बमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । बिहीबार बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ ।  आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजारको कारोबार  भएको छ ।  रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुादा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४।४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४।०९ प्रतिशतले वृद्धि भएको छ ।

२०७९ भदौ २३ १५:३६ बजे

प्रतिक्रिया