श्रीलंकाका सुरक्षा फौजले हटाउन थाले प्रदर्शनकारीका शिविर, बीबीसीका पत्रकारमाथि कुटपिट र दुर्व्यवहारसमेत

श्रीलंकाका सुरक्षा फौजले हटाउन थाले प्रदर्शनकारीका शिविर, बीबीसीका पत्रकारमाथि कुटपिट र दुर्व्यवहारसमेत

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १०:३६ बजे
श्रीलंका

काठमाडौं ।   श्रीलंकाका सुरक्षाकर्मीले प्रदर्शनकारीका शिविरहरु हटाउन थालेका छन् ।  बीबीसी का अनुसार राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा छापा मार्दै उनीहरुलाई सेनाले हटाउन थालेको छ।

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएलगत्तै सुरक्षाकर्मी आक्रामक रुपमा प्रस्तुत हुन थालेको समाचार एजेन्सीले  जनाएको छ ।  यसक्रममा बीबीसीका पत्रकारमाथि कुटपिट र दुर्व्यवहारसमेत  गरीएको जनाईएको छ ।

प्रदर्शनकारीका पाल हटाउन लागेको सूचना पाएलगत्तै कोलम्बोस्थित राष्ट्रपति कार्यालय अगाडि पुगेका बीबीसीका पत्रकारको मोबाइल खोस्दै सुरक्षाकर्मीले मुक्का हानेको र मोबाइलमा रेकर्ड गरेको भिडियो हटाइदिएको बीबीसीले जनाएको छ ।

मुख छोपेर र दंगा नियन्त्रणका लागि खटिने बेला शरीर जोगाउन प्रयोग गरिने पोशाक लगाएर आएका सुुरक्षाकर्मीहरुले प्रदर्शनकारीका शिविरहरु भत्काइदिएका छन् ।

नयाँ राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री रनिल विक्रमसिंघे संसदबाट निर्वाचित भएका छन् । उनले शपथ ग्रहण पनि गरिसकेका छन् । उनले सरकारी भवन कब्जा गर्ने र हिंसात्मक प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने अभिव्यक्ति दिएका छन् ।


२०७९ साउन ६ १०:३६ बजे

प्रतिक्रिया