सिसिटिभी प्रकरण : आज पनि छानविन समितिको बैठक बस्दै

सिसिटिभी प्रकण : आज पनि छानविन समितिको बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १०:२३ बजे
सिसिटिभी प्रकण

 काठमाडौं । बजेट निमार्णको क्रममाा  अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानविन समितिको बैठक आज पनि  बस्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।

गत बिहिवार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो । जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन  अगाडी  बढाएको छ  ।

२०७९ साउन ६ १०:२३ बजे

प्रतिक्रिया