सेतो क्याप लगाएर होटेल पुगेका थिए सन्दीप

सेतो क्याप लगाएर होटल पुगेका थिए सन्दीप

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १६:०७ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने भदौ ५ गते बेलुका अबेर सिनामंगलस्थित एक होटलमा युवतीसहित पुगेको पुष्टि  भएको छ ।

प्रहरी स्रोतका अनुसार सन्दीप उक्त होटलमा पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा देखिएको छ । 

पीडित युवतीले भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् । 

उनीहरू करीब ७ घण्टा होटलमा बसेर फर्किएका थिए । भदौ ६ गते बिहान ६स्४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको हो ।

प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेजमा पनि अनुसन्धान  भइरहेको छ । 

पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगेर स्वस्थ्य परीक्षण गराइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराले बताएका छन् । 

जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटलको कोठा नम्बर ३०५ मा लगी रातभर पटक(पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

२०७९ भदौ २२ १६:०७ बजे

प्रतिक्रिया