बन्द प्रशिक्षणमा सन्दीप बाहिर गएको पाएपछी क्यान व्यवस्थापनमाथि नै उठ्यो प्रश्न

बन्द प्रशिक्षणमा सन्दीप बाहिर गएको पाएपछी क्यान व्यवस्थापनमाथि नै उठ्यो प्रश्न

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १५:४२ बजे
सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेबिरुद्ध बलात्कारको जाहेरी परेपछी 

घटना भएको भनिएको समयमा सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका  थिए। नेपाल टिम केन्याविरुद्धको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखलाका लागि भोलिपल्ट (भदौ ६) गते नैरोवी प्रस्थान गर्ने कार्यतालिका थियो । 

सामान्यतः राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आकस्मिकबाहेक बाहिर जाने अनुाती दिँदैन । आकस्मिक रुपमा बाहिर जानैपर्ने भए कारणको गम्भीरतालाई मूल्यांकन गरी अनुमति दिइनछ । 

 कप्तान सन्दीप राष्ट्रिय टिमका म्यानेजरसँग पनि अनुमति नलिई होटलबाट निस्किएको पाइएको छ । केन्याको शृंखला सकेर बुधबार काठमाडौं आइपुगेको नेपाली टिमका म्यानेजर सुनील महासेठले भदौ ५ गते सन्दीप टिमसँगै होटलमा नरहेको कुरा आफूलाई थाहा  नभएको बताएका छन् ।

यता क्यानका क्रिकेट म्यानेजर तथा राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासले प्रशिक्षण नभएको समयमा केही कारणले खेलाडी होटल बाहिर जानु सामान्य भएको बताए ।

सन्दीपले आफू होटलबाट बाहिरिने समयमा कसैलाई जानकारी गराएकोबारे आफूलाई थाहा नभएको दासले  बताएका छन् । उनले भने, ‘क्यानले यसबारे आफ्नो आधिकारिक धारण सार्वजनिक गर्नेछ ।’

सन्दीप यतिबेला वेष्ट इण्डिजमा छन् । केन्याविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको नेतृत्व गरेपछि अघिल्लो साता उनी क्यारेवियन प्रिमियर लिग (सीपीएल)का लागि जमैका पुगेका हुन् । उनको विषयमा क्रिकेट संघले साँझ निर्णय गर्ने बताइएको छ ।

२०७९ भदौ २२ १५:४२ बजे

प्रतिक्रिया