नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १५:०३ बजे
राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । नेपाली  राष्ट्रि क्रिकेट टोली नेपाल फर्किएको छ । केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो । 

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो । यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले  जितेको थियो । 

भ्रमण सकेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको  बताएका छन् ।

यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको श्रृंखला नयाँ र युवा खेलाडीका लागि अनुभव संगाल्ने मौका भएको  बताएका छन् ।   नयाँ प्रशिक्षकको योजना अनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने बताए । 

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेश अनुसारको टोलीमा आवद्ध हुनेछन् ।

२०७९ भदौ २२ १५:०३ बजे

प्रतिक्रिया