चरम राष्ट्रघाती नागरिकता विधेयक रातारात पास गर्ने देउवा सरकारको षड्यन्त्र , देशभक्तहरूले भोलिनै संसद् भवन घेर्ने

चरम राष्ट्रघाती नागरिकता विधेयक रातारात पास गर्ने देउवा सरकारको षड्यन्त्र , देशभक्तहरूले भोलिनै संसद् भवन घेर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ५ २२:२३ बजे
नागरिकता विधेयक

काठमाडौं ।  कुनै पनि विदेशी नागरिकले सजिलै नेपाली नागरिकता प्राप्त गर्न सक्ने अत्यन्तै  खुकुलो प्रावधान रहेको  चरम राष्ट्रघाती नागरिकता विधेयक देउवा सरकारले  रातारात संसद् बाट  पारित गर्ने षड्यन्त्र अघि बढाएपछि  देशभक्त  नेपालीहरूले साउन ६ मा  संसद् भवन घेर्ने  भएका छन । 

प्रतिनिधि सभाको भोलि साउन ६ गते  को कार्यसुचिमा उक्त राष्ट्रघाती नागरिकता विधेयक पनि राखिएको छ । साउन ६ गते रातिनै उक्त विधेयकलाई  संसदबाट पारित  गराउने षड्यन्त्रका साथ पाच दलीय गठबन्धनको  देउवा सरकार आएपछि त्यसले देशभक्त  नेपालीहरूलाई स्वभाभिक रुपमा आक्रोशित बनाएको छ ।

प्रतिनिधिसभा बाट उक्त विधेयक हुबहु रुपमा पारित भयो भने त्यसले नेपाललाई फिजिकरण हुँदै सिक्किमिकरण गर्ने सुनिश्चित छ । त्यसकारण नै  देशभक्त  नेपालीहरूले साउन ६ गते दिउसै देखि संसद भवन घेर्न लागेका हुन । 

देउवा सरकारको राष्ट्रघाती र जनघाती कदमका बिरुद्द संयुक्त  संघर्ष   अगाडि बढाउदै  आएका ६ बाम दलहरूले राष्ट्रघाती नागरिकता बिधेयक रातारात पारित गर्ने देउवा सरकारको षडयन्त्रका विरुद्ध संसद् भवन अगाडि उपस्थित  भएर  बिरोध प्रर्दशन गर्न देशभक्त  नेपालीहरू सङ्ग  अपिल गरेका छन ।

२०७९ साउन ५ गते साझ एक सूचना जारी गर्दै उनीहरूले भनेका छन ,' नेपाललाई भारतीयकरण गर्ने चरम राष्ट्रघाती नागरिकता विधेयक भोलि साउन  ६ गते नै संसदबाट पारित गर्ने षड्यन्त्र  गरिंदैछ । त्यसका विरुद्ध सम्पूर्ण देसभक्त, लोकतन्त्रवादी, वामपन्थी र कम्युनिष्ठ क्रान्तिकारी शक्ति, संघसंस्था र संगठन तथा स्वतन्त्र नागरिक र देशका सच्चा सपुतहरु आआफ्नो सम्पूर्ण शक्ति सहित आन्दोलनमा उत्रौं !भोलि १ बजे संसद सुरुहुनुभन्दा अगाडि १२ बजे नयाँ बानेश्वरमा जम्मा होऔं !!राष्ट्रघाती विधेयकलाई पास गर्न खोज्ने राष्ट्रघाती दलालहरूलाई खबरदारी गरौँ !!

२०७९ साउन ५ २२:२३ बजे

प्रतिक्रिया