सुदूरपश्चिम प्रदेश बजेटमा मन्त्री र सांसद बाझाबाझ

सुदूरपश्चिम प्रदेश बजेटमा मन्त्री र सांसद बाझाबाझ

bimbonline बिम्ब अनलाइन
२०७९ असार २७ ०७:५८ बजे

 काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको विषयलाई लिएर सत्तारुढ दल  र प्रतिपक्षका  नेताहरु नै चिढीएका छन् । 

आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ दलको आन्तरिक  बिवादकै कारण प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक समेत  अबरुद्ध भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदबीच प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा  ओहोर दोहोर  चलेको हो ।

आन्तरिक सहमति नहुँदा माओवादीका सांसद वीरमान चौधरी र माओवादीबाटै प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीबीच बाझाबाझ भएको बैठकमा सहभागी एक सांसदले जनाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री धामीले माओवादी केन्द्रको संसदीय दलले बजेट पास गर्ने निर्णय गरेकाले प्रदेशसभाको बैठक चलाउने प्रस्ताव गरे। 

नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक दुर्गा कामी र सोही दलबाट प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश रावलबीच पनि भनाभन भएको छ।

अर्थमन्त्री रावलले बजेटमाथिको छलफल अगाडि बढाउन छलफलमा सहभागी हुने प्रदेशसभा सदस्यहरुको नाम मागे। उनले आजै संसदमा बजेटमाथि छलफल चलाउन खोजेका थिए। नेपाली कांग्रेसको संसदीय दलको बैठकले यथास्थितीमा बजेट संसदबाट पारित गर्न नसकिने जनाएको छ।

अर्थमन्त्री रावलले असार १ गते प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तारुढ दलका सांसददेखि मन्त्रीले संशोधनको अडान राखेका छन्। जसले सरकारलाई बजेट पास गर्न सकस परेको छ। 
२०७९ असार २७ ०७:५८ बजे

प्रतिक्रिया