काठमाडौं । निरन्तर ओरालो लागि रहेको सेयर बजार परिसुचक नेप्से ओरालो यात्रा भने आज पनि निरन्तर रहेको छ । आज साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
नेप्से अाज २१.२२ अंकले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै १९ सय ५१ विन्दुमा पुगेको छ ।
योसँगै मंगलबार ३२ लाख ९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ। आज म्युचुअल फण्ड समूहमा सुधार आएको छ । सामूहिक लगानी कोष उपसूचक हरियो भए भने बाँकी ११ उपसूचक राताम्य छन्।
प्रतिक्रिया