साफ च्याम्पियनसिप :नेपालले पहिलो खेल भुटानसँग खेल्दै

साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल भुटानसँग खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १३:२४ बजे
साफ च्याम्पियनसिप

काठमाडौं । पहिलोपटक दशरथ रंगशालामा मंगलबार सुरु हुने दक्षिण एसियाली महिला फुटबल (महिला साफ) प्रतियोगिताको नेपालले पहिलो खेल भुटानसँग  खेल्ने भएको छ ।  खेल साँझ ५स्३० मा सूरु हुने भएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी रहेका छन्।

जहाँ दुई समूहमा रहेर प्रतियोगिता खेलाइँदै छ। समूह ुएु मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह ुबीुमा आयोजक नेपाल, श्रीलंका र भुटान प्रतिस्पर्धा गर्दै छन्। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा जाने छन् । 

विगतका खेलहरु

भुटानविरुद्ध नेपालले पछिल्ला तीन साफमा लगातार प्रतिस्पर्धा गर्दै क्लिनसिटी राख्दै १९ गोल गरेको छ। जसमा सावित्रा भण्डारीले डबल ह्याट्रिक सहित सर्वाधिक ८ गोल भुटानविरुद्ध गरेकी छिन्। उनले २०१६ को साफमा एक्लै ६ गोल गरेकी थिइन्।

२०१४ मा भएको पहिलो साफमा नेपालले भुटानविरुद्ध ८ गोल गरेको थियो। त्यतिवेला  सजना राना, अनु लामा‚ दीपा अधिकारी समान २-२ गोल, मेनुका गिरी र सावित्रा भण्डारीको समान १=१ गोल गरेका थिए।

  २०१६ को साफमा पनि नेपालले भुटानलाई ८ गोल नै गर्‍यो। जति वेला सावित्रा भण्डारी ६ गोल (डबल ह्याट्रिक), शर्मिला थापा र  कृष्णा खत्रीले समान १(१ गोल गरेका थिए। पछिल्लो पटक २०१९ मा नेपालकै विराटनगरमा भएको खेलमा भने नेपालले ३ गोल मात्र गर्‍यो। जति वेला नेपालका लागि मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र निरु थापाले समान १-१ गोल गरेका थिए।

२०७९ भदौ २१ १३:२४ बजे

प्रतिक्रिया