म्यानचेस्टर युनाइटेड बिक्रीमा ?

म्यानचेस्टर युनाइटेड बिक्रीमा ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १६:१७ बजे
Manchester United Football Club

काठमाडौं । ग्लेजर परिवारले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई बिक्री गर्ने तयारी गरेको बेलायती पत्रिकाहरूले जानकारी दिएका छन् । डेली मेलका अनुसार क्लबको मूल्य ३।७५ अर्ब पाउन्ड राखिएको छ ।

बेलायतका सबैभन्दा धनी व्यक्ति तथा युनाइटेडका समर्थक जिम र्‍याटक्लिफदेखि दुबईका अर्बपतिहरुलाई क्लब खरिद गर्ने सम्भावित दाबेदारका रूपमा हेरिएको छ ।

पछिल्लो समय ग्लेजर परिवार युनाइटेड समर्थकहरूको निशानामा परिरहेका छन् । उनीहरूले ग्लेजरलाई क्लब छाड्न माग गरिरहेका छन् । ग्लेजर परिवारले क्लबलाई भन्दा पनि आफ्नो फाइदालाई फाइदालाई बढी प्राथमिकता दिएको उनीहरूको आरोप छ ।एजेन्सी

२०७९ भदौ २० १६:१७ बजे

प्रतिक्रिया