एसिया कप क्रिकेट : पाकिस्तानले समुह चरण्को भारतसँगको बदला सुपर चारमा लियो

एसिया कप क्रिकेट : पाकिस्तानले समुह चरण्को भारतसँगको बदला सुपर चारमा लियो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १६:१० बजे
pakistana

काठमाडौं ।  एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानसँग हारेको छ ।  सुपर चार अन्तर्गत आइतबार राति भएको खेलमा भारतले पाँच विकेटको हार व्यहोरेको हो ।  

समूह चरणमा भारतले पाकिस्तानलाई पाँच नै विकेटले हराएको थियो । पाकिस्तानले शीर्षदुईमा रहँदै फाइनल खेल्ने सम्भावना पनि बनाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले दिएको एक सय ८२ रनको विजय लक्ष्य पाकिस्तानले १९.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको  हो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ७१ रन जोडे

मोहमद नवाजले ४२, आसिफ अलीले १६, फकर जमानले १५, कप्तान बाबर आजमले १४ र खुस्दिल शाहले अविजित रहदै १४ रन  जोडे । बलिङमा भारतका  भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८१ रन  जोडेको थियो। भारतका लागि विराट कोहलीले ६० रन  बनाए । 

कप्तान रोहित शर्मा र केएल राहुलले समान २८र२८, दीपक होडाले १६, ऋषव पन्तले १४ र सूर्यकुमार यादवले १३ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका सादव खानले दुई तथा निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले एक एक विकेट लिए । 

२०७९ भदौ २० १६:१० बजे

प्रतिक्रिया