सर्वसम्मतिले नाम सिफारिस भएपछि रावल खुसी

सर्वसम्मतिले नाम सिफारिस भएपछि रावल खुसी

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १५:५४ बजे
Bhim Rawal, PhD

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले आफ्नो नाम सर्वसम्मतिले सिफारिस गरेपछि नेकपा एमालेका नेता भीम रावलले  पार्टीले आफ्नो उचित मुल्यांकन गरेको  बताएका छन् । प्रतिनिधि सभा सदस्याका लागि अछाम–१ बाट आफू सिफारिस भएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । 

आफ्नो नाम सिफारिस गरेकामा उनले पार्टीपंक्तिलाई धन्यवाद दिएका छन् । पाँच दशक लामो राजनीतिक जीवनका क्रममा आफूले खेलेको भूमिकालाई पार्टीले मूल्यांकन गरेको उनले बताएका छन् । उनले लेखेका छन्, ‘यस निर्णयलाई मैले पाँच दशक लामो राजनीति जीवनमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हित, लोकतन्त्र र विधिको शासन, कम्युनिष्ट पार्टीको निर्माण र विस्तार तथा जनताको हकहित एवम् विकास निर्माणका लागि खेलेको भूमिकाको बलियो समर्थनको रूपमा लिएको छु ।'


२०७९ भदौ २० १५:५४ बजे

प्रतिक्रिया