कालीकोटमा खोलाले बगाउँदा एक बेपत्ता

कालीकोटमा खोलाले बगाउँदा एक बेपत्ता

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ५ १९:५९ बजे

 काठमाडौं ।  कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो । 

थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उनी  बगेका  जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु¥याएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले  बताए ।

२०७९ साउन ५ १९:५९ बजे

प्रतिक्रिया