नेपाली क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण गर्ने, लर्ड्समा बंगलादेशविरुद्ध टी-२० खेल खेल्दै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुनमा इंग्ल्यान्ड भ्रमण गर्ने घोषणा गरेको छ ।
भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग गरी ६ टी-२० खेल खेल्नेछ।संघले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० खेल हुनेछ ।
नेपालले जुन ६ मा वर्म्स्लीमा आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ९ मा वर्म्स्ली तथा जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग टी–२० खेल खेल्ने तालिका छ ।
यस भ्रमणको मुख्य आकर्षण विश्वप्रसिद्ध लर्ड्स मैदानमा बंगलादेशसँग हुने टी–२० खेल हुनेछ । नेपालले इंग्ल्यान्ड भ्रमणमा विभिन्न तीन टोलीसँग एकदिवसीय र टी–२० दुवै प्रारूपमा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।
क्यानले सार्वजनिक गरेको तालिकाअनुसार भ्रमणका सबै ६ खेल जुन १ देखि १२ सम्म सञ्चालन हुनेछन् ।
प्रतिक्रिया