ओलीको दाबी- म, प्रचण्ड र देउवालाई आईजीपीले थुन्ने धम्की दिएका छन्

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर २ १५:३१ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) माथि आक्रोश पोखेका छन् ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने धम्की दिएको दाबी गरे ।

ओलीले आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको भन्दै नेताहरूलाई थुन्ने भन्दै हिँड्नु मजाकको विषय नभएको बताए ।‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ रु म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु,’ ओलीले भने ।

उनले गलत काम गरेको प्रमाण भेटिए आईजीपी स्वयं पनि थुनिन सक्ने चेतावनी दिए । ‘उनी पनि थुनिन्छन् होला नि गलत काम गरेको प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि १’ ओलीले भने ।

२०८३ मंसिर २ १५:३१ बजे

प्रतिक्रिया