देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो : ओली

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर २ १२:५३ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् ।बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए ।

उनले भने, 'अहिले देश आतंकको छायाँमुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ ।'

उनले फासीवादतर्फ, दमनकारी प्रतिशोधी व्यवहार अघि बढिरहेको बताउदै आर्थिक हिसाबले देश अधोगतिमा गइरहेको र सामाजिक मूल्यमान्यता खस्किरहेको टिप्पणी गरेका छन् ।

यस्तो अवस्थामा सबै जनता अगाडी आउनुपर्ने भन्दै एमालेले सबैलाई एक ठाउमा ल्याएर आन्दोलनको नेतृत्व गर्ने बताए ।

ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताउदै निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताए । उनले असंवैधानिक ढंगले भएको संसद् विघटन भएको दोहोर्‍याए। ओलीले अदालतले केही नभएजस्तो गरी असंवैधानिक ढंगले विघटन भएको संसद्को मुद्दा केही नभएजस्तो गरी अदालतमा थन्किएको भन्दै आपत्ति जनाए ।

उनले जनतालाई झुक्याएर छलेर जेनजी विद्रोहको बहाना बनाएर तालिम प्राप्त अपराधि भित्र्याएर देशमा वितण्डता मनाइएको र राज्यका तीनै अंगमाथि हमला भएको टिप्पणी गरे ।

 

२०८३ मंसिर २ १२:५३ बजे

प्रतिक्रिया