सुमना श्रेष्ठको काठमाडौं महानगर मेयर पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौँ । रास्वपाकी पूर्व सहमहामन्त्री एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् ।
उनले भनेकी छन्, 'मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।' श्रेष्ठले २०८२ को भदौ २९ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको घोषणा गरेकी थिइन् ।
प्रतिक्रिया