महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर २ ११:३६ बजे

काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेको जानकारी दिएका छन् । उनले चोरीको घटना सीसीटीभी क्यामेरामा कैद भएको भिडियोसमेत सार्वजनिक गरेका छन् । घटनाबारे प्रहरीमा रिपोर्ट गरिसकिएको समेत उनले बताएका छन् ।

२०८३ मंसिर २ ११:३६ बजे

प्रतिक्रिया