'एमालेसँग जिल्ला तहमा सहकार्य हुनसक्छ '

'एमालेसँग जिल्ला तहमा सहकार्य हुनसक्छ '

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १५:०७ बजे

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा  एमालेसँग जिल्ला तहका सहकार्य हुन सक्ने बताएका छन् ।

राप्रपा बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा  लिङ्देनले आवश्यकताका आधारमा जिल्ला तहमा सहकार्य  हुने तर देश व्यापी रुपमा सहकार्य नहुने बताएका छन् । उनले जिल्ला तहका सहकार्यका लागि एमालेसँग कुराकानि भइरहेको बाएका छन् । 

पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणासहित पत्रकार सम्मेलनमा उपस्थित लिङ्देनले पार्टीका शीर्ष नेताहरूको क्षेत्रमा चुनावी तालमेल स्वाभाविक  रहेको बताएका छन् । 

उनले संसद्को आयु चुनावपछिको पहिलो बैठकसम्म कायम गर्न खोज्नु घोर अनैतिक काम भएको बताएका छन् । 

२०७९ भदौ २० १५:०७ बजे

प्रतिक्रिया