काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले जेनजी आन्दोलनपछि बिचौलियाको समेत पुस्तान्तरण भएको बताएका छन् । ईलामको माङ्सेबुंग र मिल्लाजुङ दुई गाउँ पालिकाको संयुक्त आयोजनामा भएको हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै नेता किरातीले जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध भएपनि राजनीति र सत्तामा मात्रै नभइ बिचौलियाको समेत पुस्तान्तरण भएको बताएका हुन् ।
‘जेनजी विद्रोह सुशानको पक्षमा भ्रष्टाचारको विरुद्धमा भएको थियो। त्यही जेनजीको बलिदानबाट सत्ता पलट भयो। राजनीतिक सत्तमा जबर्जस्त मान्छेहरू पुस्तान्तरण भयो भनियो तर सत्ता र राजनीतिमा मात्र होइन विचौलीया पनि पुस्तन्तरण भएछ’ उनले भने, ‘हिजो उमेर छिप्पिएका दीपक भट्टहरू बिचौलियाको काम गर्थे। आज कलिला इनमहरूले बिचौलियाको काम गर्न थालेका छन् ।’
उनले स्थानीय निर्वाचनमा रास्वपालाई भोट दिने गल्ती नदोहोर्याउन पनि मतदातासँग आग्रह गरे । रास्वपा सर्वसत्तावादको बाटोमा लागेको उनको भनाई थियो ।
‘रास्वपालाई केन्द्रको सत्ताको चावी जनताले दिएको छ । अब स्थानीय निर्वाचनमा भोट दिने भूल नगरौँ । यसकारणले भोट नदिउँ– पहिलो रास्वपा अझै सर्वसत्तावादी हुन सक्छ । दोश्रो संघीयता रास्वपाको सिद्धान्त विपरीत छ ।’
उनले आफ्नो पार्टीले देशको नेतृत्व पाए थ्रीडी मोडलमा विकास गर्ने दाबी पनि गरे । जनविरोधी सम्पूर्ण संरचनाको ‘डिस्ट्रक्सन’ गर्ने, ‘डिजाइन’ र ‘डेप्लोप’ गर्ने उनको भनाई छ ।
प्रतिक्रिया