काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो । यो एनपीएलको तिनै सिजनमा अहिलेसम्म कुनै पनि टिमले बनाएको अहिलेसम्मको ठुलो टोटल हो ।
पोखराका लागि कुशल भुर्तेलले ९९ रन बनाएर आउट भएका थिए । ९९ रनमा खेलिरहेका कुशललाई करण केसीले आउट गरेपछि उनी शतक बनाउनबाट चुकेका थिए । त्यस्तै युवराज सामराले ८९ रन बनाएका थिए । भुर्तेल र सामराले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । त्यस्तै काठमाडौंका बलर करण केसीले २ तथा जहानदाद खानले एक विकेट लिएका थिए ।
प्रतिक्रिया