दानबहादुरले १८ गते नै विशेष सल्लाहकारको पत्र बुझेको खुलासा

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ३० १८:४० बजे

काठमाडौं । प्रधानमन्त्री वालेन शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको खुलासा भएको छ ।

कात्तिक १८ गतेकोे मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आइजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको थियो ।

कार्कीले सोही दिन नियुक्ति पत्र बुझेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्ष स्थापना समेत गरिएको छ ।

तर, उनी कार्यालय हाजिर भने भएका छैनन् । बरु आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर, त्यसपछि तिहार र छठ पर्वको सेमत लामो विदा परेका कारण उनको रिटमा सुनुवाइ हुन सकेको छैन ।


२०८३ कात्तिक ३० १८:४० बजे

प्रतिक्रिया