हिरासतमा रहेका कुँवरलाई भेटेपछि मन्त्रीलाई यस्तो भने रविले

हिरासतमा रहेका कुँवरलाई भेटेपछि मन्त्रीलाई यस्तो भने रविले

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १४:४५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान  हुनुपर्ने बताएका छन् ।   प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उस्तो बताएका हुन् । उनलाई स(सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न  रविको माग रहेको छ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नु हुन्छ– ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि डिउटी त गर्नै पर्यो ।’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।’

२०७९ भदौ २० १४:४५ बजे

प्रतिक्रिया