भारतको हिमाञ्चल प्रदेशको धर्मशालाबाट निर्वासित तिब्बती संसदको एक टोली मंसीर ३ गते नेपाल भ्रमणमा आउन लागेको छ। निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको मुख्यालय रहेको धर्मशालाबाट निर्वासित तिब्बती संसदका दुई जना प्रतिनिधि नेपाल आउन लागेका हुन्।
रास्वपाको वालेन्द्र शाह सरकार बनेपछि निर्वासित तिब्बती सांसदहरूको यो पहिलो नेपाल भ्रमण हो।निर्वासित सांसद दावा छिरिङ र चोदाक ग्यात्सोको टोली राजनीतिक उदेश्य लिएर नेपाल आउन लागेको काठमाडौँको बौद्धस्थित तिब्बती शरणार्थी शिविरका एक प्रतिनिधिले जानकारी दिए। दावा उचाङ (अहिलेको स्वायत्त तिब्बत) र चोदाक धोमेरआम्दो (उत्तर–पूर्वी तिब्बत) क्षेत्रको प्रतिनिधित्व गर्ने तिब्बती निर्वासित संसदका सदस्यहरु हुन्।
नेपालको बौद्ध–जोरपार्टीको छोयोजोर तिब्बती शिविरमा करिब ५ हजार तिब्बती शरणार्थीहरुको बसोबास छ। गत अप्रीलमा भएको तिब्बती निर्वासित संसदको निर्वाचनमा भाग लिन छोयोजोर शिविरमा रहेका करिब ३५ सय तिब्बती मतदाताहरुलाई केन्द्रीय तिब्बती निर्वाचन आयोगले प्रतिबन्ध लगाएपछि बौद्ध क्षेत्रका तिब्बती शरणार्थीहरुले निर्वासित तिब्बती सरकार (सीटीए), संसद र निर्वाचन आयोगविरुद्ध विद्रोह गरेका थिए। सोहि विषयका वारे छलफल गर्नआउने वताइन्छ।
प्रतिक्रिया