काठमाडौंलाई हराउदै सुदुरपश्चिम एनपीएलको प्लेअफमा

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २८ १६:१२ बजे

काठमाडौं । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेको छ ।

सुदुरपश्चिमले काठमाडौंलाई ७ रनले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछाएको काठमाडौँले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाएको थियो ।

काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाएका थिए भने दुशन हेमान्थाले २१ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने फाबियन एलेन, हेमन्त धामी र स्कट कुगेलेनले एक एक विकेट लिएका थिए ।     

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदुरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६० रन बनाएका थिए । २.३ ओभरमा ८ रन बनाएर ४ विकेट गुमाएको सुदुरपश्चिमलाई दिपेन्द्र र आरिफ सेखले सम्हालेका थिए । आरिफ १६ रन बनाएर आउट भए हने थरिन्दु रत्नायाकेले अविजित २६ रन बनका थिए ।

त्यसैगरी काठमाडौंका बलर जहानदाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिएका थिए ।यो जितपछि सुदुरपश्चिम रोयल्सको ७ खेलमा १० अङ्क भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अङ्क रहेको छ । यसअघि लुम्बिनी लायन्स पनि प्लेअफमा पुगिसकेको छ ।

२०८३ कात्तिक २८ १६:१२ बजे

प्रतिक्रिया