देउवा कांग्रेसको ओखलढुंगा सभापतिमा डेकराज चयन

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २३ १५:४७ बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको ओखलढुंगा जिल्ला सभापतिमा डेकराज भट्टराई चयन भएका छन् । जिल्ला सदरमुकाममा सम्पन्न अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट जिल्ला सभापति मात्र चयन गरिएको र बाँकी पदाधिकारी सभापतिले चयन गर्ने सहमति भएको केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिइन् ।

अधिवेशनले जिल्ला नेतृत्वसँगै पार्टीको आगामी १५औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू पनि टुंगो लगाएको छ । निर्वाचित प्रतिनिधिहरूमा गोमा केसी, केदार दाहाल, खिला बहादुर कार्की, बालगोविन्द राजभण्डारी, विद्याचन्द्र दाहाल, मणि दाहाल (प्राप्चा), हरि दाहाल, निलकमल भट्टराई, चित्र कार्की, नविन खड्का, समिता परियार, हेम विक, शिवराज मगर, मनोज राई, नारायण दाहाल, भीम गौतम, वैकुण्ठ भट्टराई, निलहरि दाहाल, वैकुण्ठ पौडेल, चुडामणि दाहाल, विश्व श्रेष्ठ, च्यामी शेर्पा, विष्णुकुमार तामाङ, सञ्जय कार्की, सिर्जना कोइराला (खड्का), सुरेश श्रेष्ठ, विराज भण्डारी, देवी भट्टराई, हिरा बानिया, तारा धमला, इन्दिरा दाहाल, सुजाता कटुवाल, कूल धमला र यशोदा दाहाल रहेका छन् ।

त्यसैगरी, पार्टी विधानअनुसार प्रदेश ‘क’ का सभापति विश्वराज राई र प्रदेश ‘ख’ का सभापति देवेन्द्र पौडेल पदेन महाधिवेशन प्रतिनिधि बनेका छन् । पालिका सभापतिहरूमध्ये सिद्धिचरण नगरपालिकाका पवन श्रेष्ठ, मोलुङका केपी दाहाल, चिसङ्खुगढीका डिकबहादुर कार्की, मानेभञ्ज्याङकी इन्दिरा दाहाल, खिजिदेम्बाका पेमा निमा शेर्पा, सुनकोशीका चुडामणि धमला, चम्पादेवीका दीपक कार्की र लिखुका मिन सुवेदी पनि पदेन प्रतिनिधि चयन भएका छन् ।


२०८३ कात्तिक २३ १५:४७ बजे

प्रतिक्रिया