डडेलधुरा । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले डडेलधुराबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्शुराम नगरपालिका–१२ खजुरानी बस्ने सोही नगरपालिका–१ सलोन घर भएका ३० वर्षीय योगेन्द्र बोहरा रहेका छन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया