काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो हार स्वीकार गरेका छन् । तर, उनले यो हारको जिम्मेवारी आफूले नलिएर त्यसको दोष उम्मेदवार र मतदातालाई दिए ।
जबकि यो मध्यावधि चुनाव राष्ट्रपति ट्रम्पकै कार्यशैली र एजेण्डाहरूमाथिको जनमत सङ्ग्रह थियो । चुनावको प्रारम्भिक परिणाम आउन थालेपछि ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘म मतपत्रमा उम्मेदवार थिइनँ । यदि म उम्मेदवार भएको भए हामी भारी मतान्तरले जित्ने थियौँ।‘
तर, ट्रम्पले चुनावी क्याम्पेनमा आफू नै मतपत्रमा भएको सम्झेर मतदान गर्न आग्रह गरेका थिए । उनले रिपब्लिकन उम्मेदवारहरू हार्नुका तीन कारण बताए ।
पहिलो, केही उम्मेदवारलाई मतदाताले मन पराएनन्। दोस्रो, केही उम्मेदवार उनका निकट समर्थक थिएनन्। तेस्रो, उनी मतपत्रमा नभएकाले उनका समर्थकहरू अपेक्षाअनुसार मतदानमा सहभागी भएनन्।
यसैबीच अमेरिकी मिडियाहरूसँग कुराकानी गर्दै उनले डेमोक्रेटहरूलाई बधाई दिएका छन् । उनले मिलेर काम गर्ने अपेक्षा राखेको पनि बताए ।
प्रतिक्रिया