नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला

नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १२:४४ बजे
एन्जिला तुम्बाआपो सुब्बा

काठमाडौं । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान बनेकी छन् । उनलाई महिला साफ च्याम्पियनसिपका लागि टिमको नेतृत्व सुम्पीएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई प्रि(म्याच कन्फरेनसमा औपचारिक रूपमा कप्तान घोषणा गरेको हो। कप्तान रेनुका नगरकोटे घाइते भएकाले एन्जिलालाई कप्तान बन्ने  अबसर मिलेको हो ।

असार २१ गते एसियन गेम्सको तयारीका क्रममा रेनुकाको बायाँ ब्युटिबोन भाँचिएर शल्यक्रिया गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार तीन हप्ता मैदान बाहिर रहन परेपछि रेनुकाले घरेलु मैदानमा हुने साफ गुमाउँने भएकी छन् ।  

सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलबाट एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । त्यसयता भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् ।

२०७९ भदौ २० १२:४४ बजे

प्रतिक्रिया