सुनको मूल्य निरन्तर उकालो

सुनको मूल्य निरन्तर उकालो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १२:३७ बजे
सुनको मूल्य

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।  सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार  भईरहेको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो। 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ।

हिजो आइत प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार भईरहेको छ । 

२०७९ भदौ २० १२:३७ बजे

प्रतिक्रिया