पोखराले टस जित्यो, जनकपुरलाई ब्याटिङको निम्तो

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १६ १६:४९ बजे

काठमाडौं । जारी एनपीएलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन् । पोखरा पहिलो जितको खोजीमा हुँदा जनकपुर दोस्रो जितको खोजीमा छ ।

जारी एनपीएलमा पोखराले आज दोस्रो खेल खेल्दैछ । जनकपुरको भने आजको खेल तेस्रो खेल हो । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर आज जित दोब्बर बनाउने लक्ष्यमा छ ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौलाई ८ विकेटले हराएको थियो । एनपीएलमा आज एक खेलमात्रै हुँदैछ ।

२०८३ कात्तिक १६ १६:४९ बजे

प्रतिक्रिया